स्नो रिभर्सको आईपीओ बाँडफाँट


काठमाडौं – स्नो रिभर्स लिमिटेडको आईपीओ आज जेठ १२ गते बाँडफाँट भएको छ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले आज आईपीओ बाँडफाँट गरेको हो।

कम्पनीले गत बैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँ बराबरको ७ लाख ७८ हजार १२५ कित्ता शेयर निष्काशन गरेको थियो।

जसमा मागभन्दा बढी आवेदन परेका कारण गोला प्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसमा ७७ हजार ८१२ जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् र ५ जनाले ११/११ कित्ताका दरले सो कम्पनीको आईपीओ हात पारेका छन्।