सुनको मूल्य:

तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य


काठमाडौं – स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु एक हजार ३०० रूपैयाँले घटेको छ।

सोमबार प्रतितोला दुई लाख ९२ हजार ८०० रूपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने दुई लाख ९१ हजार ५०० रूपैयाँमा कारोबार हुने गरी निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा ९० रूपैयाँले घटेको छ। सोमबार प्रतितोला पाँच हजार १५० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार ६० निर्धारण भएको छ।