काठमाडौं – एभरेष्ट कलर लिमिटेडले यही जेठ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरेपश्चात् अब दोस्रो चरणमा सर्वसाधारका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले कुल जारी पुँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतले हुन आउने ७ करोड ९० लाख रुपैयाँ बराबरको प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ७ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये १० प्रतिशतले हुन आउने ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
त्यसैगरी, कम्पनीले सामूहिक लगानी कोषका लागि ३९ हजार ५०० कित्ता र कर्मचारीहरूका लागि १५ हजार ८०० सय कित्ता शेयर बाँडफाँट गरिसकेको छ। अब बाँकी रहेको ६ लाख ५५ हजार ७०० सय कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।
सो शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। उक्त आईपीओ निष्कासन बन्द छिटोमा जेठ २७ र ढिलोमा आगामी असार ५ गतेसम्म हुनेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।






About Us
प्रतिक्रिया