घट्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

सुन २८ सय र चाँदी १०५ रूपैयाँले घट्याे


काठमाडौं – नेपाली बजारमा आज जेठ १० गते आइतबार सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २८ सय रुपैयाँले घटेको हो।

योसँगै आज सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १०५ रुपैयाँले घटेको छ। यससँगै आज चाँदी ५ हजार १० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ५ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो।