सुनको मूल्य तोलामा आठ सयले बढ्याे, ताेलाकाे कति ?


काठमाडौं – स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले वृद्धि भएको छ।

आइतबार प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार हुने गरी निर्धारण भएको छ।

यस्तै, चाँदी प्रतितोला २० रुपैयाँले घटेको छ। आइतबार प्रतितोलापाँच हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला पाँच हजार ४० रुपैयाँ निर्धारण गरिएको छ।