काठमाडौं – हिमालयन पावर पार्टनर लिमिटेडले शेयरधनीहरूका लागि निष्कासन गरेको हकप्रद सेयरमा जेठ ६ गतेसम्म आवेदन दिन सकिने छ।
कम्पनीको गत चैत्र ९ गतेसम्म कायम शेयरधनीहरूका लागि १ः०.५ को अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ५३ लाख २६ हजार ८५ कित्ता हकप्रद शेयर यही १७ गतेदेखि निष्कासन भइरहेको छ।
सो हकप्रद शेयरमा साबिक शेयरधनीले अगामी जेठ ६ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।






About Us
प्रतिक्रिया