काठमाडौं – यो साता शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। साता भरमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ६.९४ अंकले बढेर बन्द भएको छ। तर ,कारोबार रकम भने गत साताको तुलनामा घटेकाे छ। यस साता जम्मा १३ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ।
यस साता ५ दिन शेयर कारोबार हुँदा ३ दिन बजार बढ्दा २ दिन लगातार घटेको थियो। साताको पहिलो कारोबारको दिन सोमबार नेप्से ३४.६३ अंकले घटेर बजार २७ सय ४ दशमलव ८ को बिन्दुमा पुगेको थियो।
त्यस्तै, दोस्रो कारोबारको दिन मंगलबार नेप्से ८.७८ अंकले बढेर बजार २७ सय १२ दशमलव ८६ को पुग्याे। त्यस्तै, बुधबार १.६४ अंकले घटेर बजार २७ सय ११ दशमलव १२ बिन्दुमा बन्द भयाे। त्यस्तै, बिहीबार ६.९४ अंक र शुक्रबार २७.४९ अंकले बढेर बजार बन्द भयाे।
कारोबार रकम कति ?
सोमबार: ४ अर्ब १६ करोड
मंगलबारः ३ अर्ब ३९ करोड
बुधबारः ३ अर्ब १५ करोड
बिहीबार: २ अर्ब ८८ करोड
शुक्रबारः ३ अर्ब २३ करोड



About Us
प्रतिक्रिया