काठमाडौं – नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति सिफारिस समितिका संयोजक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन्। भट्टले सिफारिस समितिको संयोजकबाट राजीनामा दिएका हुन् ।
नातेदारहरूको पनि बोर्ड अध्यक्षका लागि आवेदन परेपछि स्वार्थ बाझिन सक्ने भएपछि उनले राजीनामा दिएका हुन् । सरकारले धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोग उपाध्यक्ष भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।
सेबोनको अध्यक्षका लागि ४७ जनाले आवेदन दिएका छन् ।



About Us
प्रतिक्रिया