सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं – सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडको आईपीओ आवेदन दिने आज वैशाख २४ गते अन्तिम दिन रहेको छ। कम्पनीले वैशाख वैशाख २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओमा आजसम्म आवेदन दिन सकिनेछ। 

कम्पनीले कुल जारी पुँजी ३४  करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अकिंत मूल्यका ८ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये १० प्रतिशतले हुने आउने ८५ लाख रुपैयाँ बराबरको ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो। 

कम्पनीको सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्तासम्मका लागि आज बैंकिङ्ग समयभित्र आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। सो आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।