दुई दिनमा ७६ सयले बढ्यो सुन, तोलाको कति ?

सुन १८ सय र चाँदी १०५ रूपैयाँले बढ्याे


काठमाडौं– बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा एक हजार ८०० रुपैयाँ र चाँदी १०५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १५५ रुपैयाँ कायम भएको छ।

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ५० रुपैयाँमा खरिदबिक्री भएको थियो। गत मङ्गलबार एक तोला छापावाल सुन दुई लाख ९१ हजार रुपैयाँर त्यति नै परिमाणको चाँदी चार हजार ८८० रुपैयाँमा किनबेच भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०३ र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।