काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा जिआईसी इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरणका लागि बुक क्लोज गरेसँगै नेप्सेमा मूल्य समायोजन भएको हो।
नेप्सेले सो दिन कम्पनीको ५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। कम्पनीको अघिल्लो दिन मंगलबार दोस्रो बजारमा भएको कारोबारको अन्तिम मूल्य ४७४ रुपैयाँ ३० पैसाको आधारमा मूल्य समायोजन गरेको छ। समायोजनपछि कम्पनीको शेयर मूल्य ४५१ रुपैयाँ ७१ पैसा कायम भएको छ यही समायोजित मूल्यलाई आधार बनाएर आज कम्पनीको शेयर कारोबार खुल्नेछ।



About Us
प्रतिक्रिया