काठमाडौं – आज शेयर बजार समान्य अंकले बढेर बन्द भएको छ। चार कारोबारदेखि लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज भने ८.७८ अंकले बढेर बजार बन्द भएको हो। यससँगै बजार २७ सय १२ दशमलव ८६ को बिन्दुमा बन्द भएको छ। त्यस्तै आज कारोबार रकम घटेर ३ अर्ब ४३ करोड रुपैयाँको शेयर कारोबार भएको छ।
कारोबारमा आएका ३३५ कम्पनीमा १६२ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको शेयर मूल्य घटेसँगै १६ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज दिनभरिमा ७७ लाख ३४ हजार कित्ता शेयर किनबेच भएको छ। त्यस्तै, सबैभन्दा धेरै सोलु हाइड्रोपावरको शेयर कारोबार भएको छ। आज सो कम्पनीको २३ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको १२ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी अप्पर लोहोरे खोला हाइड्रोपारका लगानीकर्ताले कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज ११.१६ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, सोलु हाइड्रोपावरका लगानीकर्ताले ७.५६ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, आज सबैभन्दा बढी सोलु हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। आज सबैभन्दा बढी फरवार्ड माइक्रो फाइनान्सका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ९.३१ प्रतिशतका दरले गुमाएका हुन्।



About Us
प्रतिक्रिया