सिवाईसी नेपाल लघुवित्तको सीईओमा राधेश्याम श्रेष्ठ नियुक्त


काठमाडौं – सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राधेश्याम श्रेष्ठ नियुक्त भएका छन्। संस्थाको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

गत चैत ४ गते यस संस्थाका सीईओ डोलिन्द्र प्रसाद शर्माले राजीनामा दिएका थिए। उनले दिएको राजीनामा जेठ १५ गतदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय गर्दै सो पदमा श्रेष्ठ नियुक्तलाई नियुक्त गरेको हो।  श्रेष्ठको कार्यकाल आगामी जेठ १५ गतेदेखि सुरु हुनेछ ।