प्रि ओपन सेसनमा झन्डै ३ अंकले घट्यो नेप्से


काठमाडौं – आज प्रि ओपन सेसनमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.८५ अंकले घटेर बन्द भएको छ। यस सेसनमा १४ लाख २ हजार रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, २ हजार १ सय २४ कित्ता शेयर किनबेच भएको छ।

यससँगै कारोबारमा आएका ३४ कम्पनीमा ७ कम्पनीको शेयर मूल्य बढेको छ भने १४ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, १० कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।