काठमाडौं – प्रभु बैंक लिमिटेडले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने भएको छ। बैंकले ८.५० प्रतिशत दरका अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको हो।
बैंकको चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा तथा नेपाल राष्ट्र बैंक लगायतका नियमनकारी निकायबाट स्वीकृति प्राप्त भएपछि शेयर जारी गर्ने भएकाे हाे।
बैंकले ८.५० प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण गर्ने गरी व्यक्तिगत तवरबाट संस्थागत लगानीकर्ताहरूलाई मात्र बिक्री गरिने प्रतिशेयर १०० रुपैयाँ दरका ५ करोड इकाई अर्थात् ५ अर्ब बराबरको अवमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेकाे छ।



About Us
प्रतिक्रिया