इन्भेस्टमेन्ट एण्ड फाइनान्सकाे संस्थापक शेयर बिक्रीमा


काठमाडौं – इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनीले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले किसन जङ्ग राणाको नाममा रहेको १९ हजार ५३८ कित्ता शेयर बिक्रीमा राखेको हो।

कम्पनीले सो शेयर खरिदका लागि पहिलो प्रथामिकता कम्पनीका विद्यमान संस्थापक शेयरधनीलाई दिएको जनाएको छ। उक्त शेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मिति आजको मितिले ले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

आवेदनकले कम्पनीको केन्द्रिय कार्यालय डिल्लीबजार काठमाडौंमा आइपुग्ने गरी आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ।