काठमाडौं – साताको पाँचौ कारोबार दिन बिहिबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४८.७१ अंकले बढेर बजार २८ सय ५१ दशमलव २४ को बिन्दमा बन्द भएको छ।
आज ३३८ कम्पनीको २ करोड ७९ लाख ३१ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ९१ करोड ९२ लाख रुपैयाँ शेयर कारोबार भएको छ। आज सबैभन्दा बढी नेशनलन हाइड्रोपावरको शेयर कारोबार भएका छ। आज यस कम्पनीको ४३ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, रिडि पावरको ४१ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी आज सबैभन्दा बढी आत्मानिर्भर लघुवित्त, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, सोलु हाइड्रोपावर, र होटल फरेष्ट इनका लगानीकर्ताले कमाएका छन् आज यी ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्।
त्यस्तै, आज सबैभन्दा बढी एनआइसी एशिया ब्यालेन्स फण्डका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.७४ प्रतिशतका दरले गुमाएका हुन्। यससँगै आज १३ वटै सेक्टरमा हरियाली देखिएको छ। आज सबैभन्दा बढी हाइड्रोपावर सेक्टर बढेको छ।
आज सो सेक्टर २.७० प्रतिशतले बढेको हो। त्यस्तै, उत्पादनमूलक सेक्टर २.५८ प्रतिशत, बैकिङ्ग सेक्टर १.२४ प्रतिशत, र डेभलपमेन्ट बैंकका सेक्टर ०.७८ प्रतिशतले बढेको छ।



About Us
प्रतिक्रिया