काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेवोन) ले भृकृटी ब्रोकिङ्ग कम्पनी लिमिटेडको लाइसेन्स निलम्बन गरेको छ। बोर्डले धितोपत्र व्यवसायी नियमावली, २०६४ को नियम ३१ विपरित सो संस्थाको ग्राहकहरुको शेयर खरिद बिक्री तथा कोल्याट्रल (धितो) वापतको रकम अन्य ग्राहकको कारोबार राफसाफ गर्न प्रयोग गरेको भन्दै सो कम्पनीलाई निलम्बन गरेको हो।
बोर्डले सो कम्पनीलाई निलम्बन गर्दै लगानीकर्ताको शेयर कारोबारको वापतकाे ५ अर्ब ११ करोड ३ लाख भुक्तानी गर्न निर्देशन दिएको छ। साथै, धितोपत्र व्यवसायी नियमावली, २०६४ को नियम ३१ को उपनियम (२) धितोपत्र कारोवार राफसाफ तथा फछ्यौट विनियमावली, २०६९ को विनियम १३, १६ र १७ को व्यवस्था पालना नगरी खरिदकर्ता ग्राहकबाट रकम लिने र बिक्रीकर्ता ग्राहकलाई रकम दिने कार्य गरेको बोर्डले जनाएको छ।
त्यस्तै, धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५ को विनियम ८ बमोजिम अग्रिम रकम कम्तीमा २५ प्रतिशत नलिई धितोपत्र खरिद गर्न सुविधा दिएको समेत बोर्डले जनाएको छ।




About Us
प्रतिक्रिया