काठमाडौं – आज भुजुङ हाइड्रोपावर , सुपर खुदी हाइड्रोपावर र श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.६१ अंकले घट्दा समेत यी तिन कम्पनीको शेयर मूल्यमा सर्किट लागेको हो। आज यी कम्पनीको शेयर मूल्यमा सर्किट लागेसँगै यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्।
यी तिन कम्पनी १० प्रतिशतले बढेसँगै भुजुङ हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ९ सय ३१ रुपैयाँ ७० पैसा कायम भएको छ। त्यस्तै, सुपर खुदी हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ७ सय ७७ दशमलव ८० पैसामा कायम भएको छ। श्वेत गंगा हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ४ सय ४३ रुपैयाँ ३० पैसा कायम भएको छ।
यससँगै, रिज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीकको शेयर मूल्य ९.९९ प्रतिशत बढेको छ । त्यस्तै, होटल फरेष्ट इनको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ।



About Us
प्रतिक्रिया