धनुषा – मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका सभापति अनिताकुमारी साहले वार्षिक प्रतिवेदन २०८२ पेस गरेकी छिन्। जनकपुरधाममा प्रदेशसभा भवनमा आज आयोजित कार्यक्रममा समितिका सभापति साहले सो प्रतिवेदन प्रस्तुत गरेकी हुन्। प्रतिवेदन प्रस्तुत गर्ने क्रममा समितिका सदस्यहरूको पनि सहभागिता रहेको थियो।
प्रतिवेदनमा प्रदेशको आर्थिक अवस्था, बजेट कार्यान्वयनको प्रगति, योजना व्यवस्थापन तथा आगामी नीति तथा कार्यक्रमसम्बन्धी सुझावहरू समेटिएको छ। समितिले आर्थिक पारदर्शिता, विकास योजनाको प्रभावकारी कार्यान्वयन तथा राजस्व व्यवस्थापनमा सुधार आवश्यक रहेको औँल्याएको छ।
कार्यक्रममा सभामुख यादवले समितिले पेस गरेको प्रतिवेदनले प्रदेश सरकारलाई नीतिगत निर्णय लिन सहयोग पुग्ने बताए। उनले प्रतिवेदनमा उठाइएका सुझावहरुलाई कार्यान्वयनमा लैजान सम्बन्धित निकायलाई निर्देशन दिने बताए। अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदनलाई प्रदेशको समग्र आर्थिक विकासका लागि महत्त्वपूर्ण दस्तावेजका रूपमा हेरिएको छ।



About Us
प्रतिक्रिया