काठमाडौं – युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले गत वैशाख २७ गते आइतबार १२ औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले सो सभा कालीमाटी व्यैङ्केट कालीमाटी, काठमाडौंमा बोलाएको हो।
सो सभा बिहान ११ बजे सुरु हुनेछ। उक्त सभाले विशेष प्रस्ताव अन्र्तगत हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, सो सभाले हकप्रद शेयर जारी गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले गत वैशाख ४ गते बुकक्लोज गर्ने भएको छ। जस अनुसार वैशाख ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको सो सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।



About Us
प्रतिक्रिया