कालिन्चोक हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने


काठमाडौं– कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज अर्थात् चैत २२ देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित दरका १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ८२ हजार ५०० कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीले अब दोस्रो चरणमा ४१ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र १६ हजार ५०० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित राखी बाँकी रहेको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ६ करोड ८४ लाख ७५ हजार रुपैयाँ बराबरको ६ लाख ८४ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतमा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो आईपीओको निष्काशन बन्द छिटोमा चैत २५ गते हुनेछ भने ढिलोमा आगामि वैशाख ६ गते हुनेछ।