काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट निर्माण प्रक्रिया सुरु गरेको छ। अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा बजेट लेखन समिति गठन गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट लेखनका सहसचिव खत्रीको संयोजकत्वमा समिति गठन गरेका हुन् । सो समितिमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल सदस्य रहेका छन् ।
सो समितिलाई वार्षिक नीति तथा कार्यक्रमको लागि सुझाव उपलब्ध गराउने, सो आवमा कार्यान्वयन गरिने आयोजना तथा कार्यक्रमको प्राथमिकीकरणमा सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ । सरकारले आगामी १५ जेठमा आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गर्नेछ।



About Us
प्रतिक्रिया