हकप्रद शेयर ल्याउदै यूनिभर्सल पावर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल


काठमाडौं – यूनिभर्सल पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।

कम्पनीको गत पुष ३० गते बसेको बार्षिक साधारण सभाले हकप्रद शेयर निष्काशनका लागि स्विकृत गरेसँगै सो कार्यका लागि क्यापिटललाई नियुक्त गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पुँजी २ करोड ४८ लाख ५१ हजार २३६.१८२ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव वार्षिक साधारण सभाबाट स्विकृत भएको छ।