सालपा विकास बैंक र रिलायन्सको शेयरमा सकारात्मक सर्किट, अरूले कति कमाए ?


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो बढेसँगै सलापा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्स्काे शेयरमा सकारात्मक सर्किट लागेर बजार बन्द भएको छ। आज नेप्से २३.८३ अंकले बढ्दा यी दुई कम्पनीमा सकारात्मक सर्किट लागेको हो। यी दुवै कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका छन्।

यससँगै सोलु हाइड्रोपावरका लगानीकर्ताले समेत ९.९९ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, हिमालयन पावर पार्टनरको ९.९८ प्रतिशत, भुजुङ हाइड्रोपावरको ९.९८ प्रतिशत त्यसैगरी, होटल फरेष्ट इनको लगानीकर्ताले ९.९७ प्रतिशत र सिन्धु विकास बैंकका लगानीकर्ताले ९.९० प्रतिशतका दरले कमाएका छन्।