हिन्दु र मुस्लिम समुदायबिचको विवादले कपिलवस्तु अझै अशान्त

प्रहरीतर्फ १७ जना र प्रदर्शनकारी ६ जना घाइते


काटमाडौं – कपिलवस्तुमा बिहानदेखि सुरु भएको हिन्दु र मुस्लिम समुदाय बिचको विवाद अझैसम्म साम्य भएको छैन। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख सन्तोष आचार्यकाअनुसारअवस्था बिस्तारै सामान्य बन्दै गएको छ। तर, विरोध भने अझै जारी छ।

उनकाअनुसार अहिले प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ। साथै, प्रहरीतर्फ १७ जना र विरोध गर्नेहरुतर्फ ६ जना घाइतेहरू भएको उनले बताए।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकास्थित बरगदा गाउँमा शनिवार बिहान मुस्लिम समुदायका केही युवाले काली मन्दिरमा रहेको भजन बज्ने साउण्ड सिस्टम तोडफोड गरेका थिए। त्यस घटनापछि सुरु भएको विवाद चर्कँदै गएर उग्र रूप लिएको हो। यस क्षेत्रमा हिजो दिउसाे २ बजेबाट निषेधाज्ञा जारी छ।