काठमाडौं – मकवानपुरको बागमती गाउँपालिका– ९ बेतिनी बस्ने ५७ वर्षीय सन्त कुमार प्रजापतिलाई भरुवा बन्दुक १ थान सहित गए राति प्रहरीले पक्राउ गरेको छ।
सन्तकुमारको घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया