अमेरिकन आर्मीमा कार्यरत रहेको भन्दै ठगी गर्ने एक जना पक्राउ 


काठमाडौं –  सामाजिक सञ्जाल टिकटक मार्फत ह्वाट्सएप नम्बर मागी ह्वाट्सएप नम्बरबाट आफू अमेरिकन आर्मीमा कार्यरत रहेको भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा बिरुवा गाउँपालिका वडा–२ का भेषराज वाग्ले रहेका छन् । 

उनले व्हाट्सएपबाट विशेषत महिलाहरूलाई लक्षित गरी  प्रलोभनमा पारी हाल बिदामा नेपालमा जग्गाको कर तिर्न आएको लगायतको झुट्टा आश्वासन दिलाई आफ्नो खातामा सीमा लागेको बहाना बनाई रकम माग गरी ठगी गर्ने गरेको प्रहरीले बताएको छ । 

उनले ठगी कार्यमा आफ्नो नाम विशाल थापा क्षेत्री नाम बताउने उनलाई प्रहरीले थानकोटबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।