काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६४.६७ अंकले बढेर परिसुचक २८ सय ७७ दशमलव २ को बिन्दुमा कायम भएको छ। आज ३४२ कम्पनीको ५ करोड ६९ लाख २० हजार कित्ता शेयर किनबेच हुँदा २१ अर्ब २२ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज २४० कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको शेयर मूल्य घटेसँगै २ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ। आज सबैभन्दा बढी ङादी ग्रुप पावर शेयर कारोबार भएको छ। आज यस कम्पनीको ६७ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, नेशनल हाइड्रोपावरको ६६ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ।
कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्स्का लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, सोलु हाइड्रोपावरको ९.९९ प्रतिशत र होटल फरेष्ट इनका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले कमाएका छन्।
यससँगै आज नेपाल लाईफ समृद्धि लगानी योजनाका लगानीकर्ताले ५.१२ प्रतिशतका दरले गुमाएका छन्। आज १३ वटै सेक्टरमा हरियाली देखिएको छ। आज बैंकिङ्ग क्षेत्र अन्तर्गत ३.१६ प्रतिशत वृद्धि देखिएको छ। त्यस्तै, डेभलपमेन्ट सेक्टर अन्र्तगत ३.९५ प्रतिशतको वृद्धि देखिएको छ।



About Us
प्रतिक्रिया