खोटाङ हेलिकप्टर दुर्घटनामा सबै यात्रु सुरक्षित


काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार खोटाङको बलाबेसी क्षेत्रमा आज एक हेलिकप्टर दुर्घटनामा सबै सुरक्षित रहेको जनाएको छ। प्राधिकरणका अनुसार एयर डाइनेस्टी कम्पनीको नाइन एन एएफक्यू नम्बरको हेलिकप्टर बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो।

उक्त हेलिकप्टर ११ः ५१ बजे खोटाङको बलाबेसी क्षेत्रमा अवतरणका क्रममा असन्तुलित भई पल्टिएको जनाइएको छ । हेलिकप्टरमा पाइलटसहित ६ जना सवार थिए।

दुर्घटनामा सबैजना सुरक्षित छन् भने एक जनालाई सामान्य चोट लागेको छ। कुनै मानवीय क्षति नभएको प्राधिकरणले जनाएको छ। घटनापछि उद्धारका लागि काठमाडौंबाट अर्को हेलिकप्टर पठाइएको छ।