काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आजदेखि ४ जना संस्थापक शेयरधनीको नाममा रहेको झन्डै डेढ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले चार जना संस्थापक शेयरधनीको नाममा रहेको कुल १ लाख ३८ हजार ८८३ कित्ता शेयर बिक्रीमा राखेको हो।
कम्पनीले संस्थापक शेयरधनी समता प्रधानको नाममा रहेको ५३ हजार ४८१ कित्ता, संगिता गिरीको १२ हजार ३५५ कित्ता, बिमल कुमार अग्रवालको ३३ हजार ९१५ कित्ता र क्षेत्रबहादुर खड्काको नाममा रहेको ३९ हजार १३२ कित्ता शेयर बिक्रीमा राखेकाे छ।
कम्पनीले सो शेयर खरिदका लागि पहिलो प्राथमिकता कम्पनीका संस्थापक शेयरधनीलाई दिएको जनाएको छ। कम्पनीका अनुसार सो शेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। इच्छुक शेयर खरिदकर्ताले कम्पनीको केन्द्रिय कार्यालय कमलादी काठमाडौंबाट निवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया