काठमाडौं – खोटाङमा हेलिकोप्टर दुर्घटनामा परेको छ। हेलिकोप्टर केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो।
जिल्ला प्रशासन कार्यालय खोटाङकी सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले काठमाडौंबाट शव लिएर आएको हेलिकोप्टर फर्किने क्रममा सामान्य दुर्घटनामा परेको जानकारी दिइन्।
राईले भनिन् ‘काठमाडौंबाट शव लिएर आएको हेलिकोप्टर फर्कने क्रममा सामान्य दुर्घटनामा परेको हो। मानवीय क्षति भएको छैन। घटनाको विस्तृत विवरण आउन बाँकी छ।’



About Us
प्रतिक्रिया