काठमाडौं – अख्तियार प्रमुख प्रेम कुमार राई सहितका हाइप्रोफाइललाई धम्क्याउने प्रकाश पाठक र नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीबीच आर्थिक लेनदेन रहेको खुल्न आएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका पवक्ता पवनकुमार भट्टराई अनुसार अनुसन्धानका क्रममा पाठक र अधिकारीबीच सम्बन्ध रहेको देखिएको हो।
यद्यपि, पाठकसँग सम्बन्धित घटनामा अनुसन्धान अझै जारी रहेको उनले बताए । पाठक अहिले प्रहरीको हिरासतमा छन् । उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा पक्राउ परेका गरिएको थियो भने नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माण गर्दा भ्रष्टाचार गरेको मुद्दामा अहिले पुर्पक्षका लागी कारागार कार्यालय डिल्लीबजारमा थुनामा छन् ।



About Us
प्रतिक्रिया