कार्यालय निरीक्षण तथा ब्रिफिङ कार्यक्रम सम्पन्न


काठमाडौं – काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गरेका छन्। 

उनले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका विभिन्न शाखाहरू तथा भौतिक पूर्वधरको निरीक्षण गर्नुका साथै ट्राफिक प्रहरी कर्मचारीहरूलाई अनुशासित र शिष्ट भई सेवा भावका साथ प्रभावकारी ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि जिम्मेवार भई सडकमा खटिन निर्देशन दिए।

त्यस्तै,निर्देशन सम्बोधन कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठीको प्रतिवेदन पनि प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की समक्ष प्रस्तुत गरेका थिए।