काठमाडौं – ग्लोबल मनि विक–२०२६ को अवसर तथा हालै सम्पन्न अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा हिजो अर्थात चैत २ गते पुँजी बजार साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । नेपाल धितोपत्र बोर्ड तथा प्रविधिमा महिलाको सहकार्यमा सो कार्यकम्र सम्पन्न भएको हो ।
प्रविधिमा महिला संस्थाकी निमित्त अध्यक्ष शिला कंसाकार कार्कीको सभापतित्व तथा बोर्डका नीति, अनुसन्धान तथा प्रशिक्षण विभागका विभागीय प्रमुख डा. नवराज अधिकारीको प्रमुख आतिथ्य एवम् सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडकी कार्यकारी प्रमुख प्रविण पन्दाकको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका बारेमा बोर्डकी उपकार्यकारी निर्देशक दिपा दाहालले प्रकाश पारेकी थिइन् । त्यसैगरी, पन्दाकले शुभकामना व्यक्त गरेकी थिइन् भने प्रमुख अतिथि डा. नवराज अधिकारीले ग्लोबल मनि विक २०२६ को पृष्ठभूमी एवम् पुँजी बजार सचेतना अभिवृद्धि कार्यक्रमको महत्वबारे धारणा राखेका थिए ।
कार्यक्रममा बोर्डको तर्फबाट निर्देशक सनु खड्काले ‘फण्डामेन्टल्स अफ इन्भेष्टमेन्ट अपच्युनिटिज एण्ड क्यापिटल मार्केट’ विषयक प्रस्तुती राखेकी थिइन् । त्यसैगरी, सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडको तर्फबाट वरिष्ठ आइटी अधिकृत रन्जु कुमारी सिंहले ‘प्रोसेस अफ क्लियरिङ एण्ड सेटलमेन्ट अफ सेक्युरिटिज’ विषयमा प्रस्तुती दिएकी थिइन् ।



About Us
प्रतिक्रिया