काठमाडौं – राष्ट्रिय उपभोक्ता मञ्चले नेपाल आयल निगमको असक्षमताका कारण नेपालमा खाना पकाउने ग्यासको अभाव भएको बताएको छ। विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आज सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नेपालमा खाना पकाउने ग्यास अभाव हुनु नेपाल आयल निगमको कमजोरी भएको बताएका हुन्।
उनले नेपालमा खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको समस्या देखिनुमा बाह्य प्रभाव कुनै नरहेको जिकिर गर्दै उनले भने, ‘युद्धको कारणले पेट्रोलियम पदार्थमा समस्या भएको होइन। ग्यासमा समस्या भएको होइन। नेपाल आयल निगमको अक्षमताका कारणले, व्यवस्थापकीय अक्षमताका कारणले र सूचना लुकाएको कारणले यस्तो समस्या आएको हो।’
खाना पकाउने ग्यासको अभाव हुनुमा कालोबजारीले पनि काम गरेको उनको भनाइ छ। कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले उपभोक्ताहरूको हित संरक्षणका लागि विद्यमान कानुन नै पुनर्लेखन गर्न आवश्यक रहेको बताए।



About Us
प्रतिक्रिया