नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम समेत घट्यो


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज शेयर बजारमा मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६.०७ अकंले घटेर परिसुचक २७ सय ९८ दशमलव ८३ को बिन्दुमा कायम भएको छ। आज ३४५ कम्पनीको ३ करोड ७ लाख ९० हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ९७ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज ४८ कम्पनीको शेयर मूल्य बढेको छ भने २११ कम्पनीको शेयर मूल्य घटेसँगै ४ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ। आज सबैभन्दा बढी आँखुखोला जलविद्युत कम्पनीको शेयर कारोबार भएको छ। यस कम्पनीको आज ६८ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, नेशनल हाइड्रोपावरको ६६ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सालपा विकास बैंक, सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स्, उपर हेवाखोला गरी ४ कम्पनीका लगानीकर्ता सबैभन्दा बढी कमाएका छन्। आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। त्यसैगरी आज सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ४.३९ प्रतिशतका दरले गुमाएका हुन्।