काठमाडौं – भेन्चर हायर पर्चेजले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबाेन) सँग अनुमति मागेको छ। कम्पनीले आईपीओ निष्कासनको माग गर्दै गत फागुन २९ गते बोर्डसमक्ष अनुमति मागेको हो।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेकाे छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
साथै, यस क्षेत्रअन्तर्गत अन्य १२ कम्पनी आईपीओ निष्कासनका लागि बोर्डसँग अनुमति मागेर बसेका छन्। हालसम्म यस सेक्टर अन्तर्गत रहेका १३ कम्पनीले ५ अर्ब ४५ करोड ३९ लाख २० हजार रुपैयाँको आईपीओ निष्कासनका लागि आवेदन दिएका छन्।



About Us
प्रतिक्रिया