काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्स) ४.४५ अकंले बढेर बन्द हुँदा आज नेप्सेमा सूचिकृत ५ कम्पनीका लगानीकर्ता घाटामा गएका छन्। आज सर्वाधिक गुमाउने कम्पनीहरुमा दरमखोला हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ स्किम–२, थ्रि स्टार हाइड्रोपावर र हिम स्टार उर्जा कम्पनी रहेका छन्।
जसमा दरमखोला हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् भने अन्यले क्रमशः खानीखोला हाइड्रोपावरले ५.१८ प्रतिशत, सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ स्किम–२ को ३.६६ प्रतिशत, थ्रि स्टारको ३.३५ प्रतिशत र हिम स्टार उर्जाको ३.३० प्रतिशतका दरले गुमाएका हुन्।
यससँगै सोलु हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, सालपा विकास बैंकको ९.९९ प्रतिशत, होटल फरेष्ट इनको ९.९३ प्रतिशत, ग्रिनलाइफ हाइड्रोपावरको ९.५३ प्रतिशत र अभियान लघुवित्तका लगानीकर्ताले ५.३१ प्रतिशतका दरले कमाएका हुन्।
त्यसैगरी आज ग्रिनलाइफ सबैभन्दा बढी शेयर कारोबार भएको छ। आज यस कम्पनीको ८१ करोड १ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, रिदि पावरको ६७ करोड ९६ लाख रुपैयाँ, नेशनल हाइड्रोपावरको ६२ करोड ५५ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ५५ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।



About Us
प्रतिक्रिया