काठमाडौं – नेपाल आयल निगमले उपभोक्तालाई अब खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने निर्णय गरेको छ। बिहीबार बसेको निगमको सञ्चालक समितिको बैठकले बजारमा देखिएको अभावलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो। निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टका अनुसार उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्न थालेपछि बजार व्यवस्थापनका लागि आधा सिलिन्डर मात्रै वितरण गर्ने व्यवस्था लागू गरिएको हो।
पछिल्लो करिब दुई महिनादेखि नेपाली बजारमा खाना पकाउने ग्यासको अभाव देखिँदै आएको छ। मध्यपूर्व क्षेत्रमा बढ्दो युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्तिमा परेको असर नेपालमा समेत देखिएको बताइएको छ। आयल निगमले हाल इन्डियन आयल कर्पोरेशनबाट ग्यास आयात गरी देशभर बिक्री वितरण गर्दै आएको छ।



About Us
प्रतिक्रिया