काठमाडौं – नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का सदस्यहरूले युरोलोजी तथा किड्नी अस्पतालमा २० प्रतिशत छुट पाउने भएका छन्। बिहीबार नाफिज र अस्पताल बीच छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा नाफिज अध्यक्ष मेनुका कार्की र अस्पतालका अध्यक्ष शिव कुमार कटवालले हस्ताक्षर गरेका छन्। यो सम्झौता अनुसार नाफिजका सदस्यहरूले अस्पतालबाट प्रदान हुने सबै सेवामा २० प्रतिशत छुट पाउने छन्।
समाचार लेख्ने पत्रकारहरूको स्वास्थ्य रहनु भनेर यो सम्झौता गरिएको नाफिज अध्यक्ष मेनुका कार्कीले बताइन्। नाफिज आफ्ना सदस्यहरूको क्षमता अभिवृद्धिसँगै स्वास्थ्यका क्षेत्रमा पनि काम अघि बढाइएको अध्यक्ष कार्कीले बताइन्। यो सम्झौता अनुसार एक वर्षसम्मको अवधिमा नाफिजका सदस्यहरूले यो सुविधा पाउने छन्। सम्झौताका अवसरमा अस्पतालका अध्यक्ष कटवालले किड्नीको समस्या ७० प्रतिशत सम्म बिग्रेपछि मात्रै जानकारी हुने भएकाले पहिले नै सबैले सचेत भएर परीक्षण गर्नु पर्ने बताए।
यसैबीच विश्व किड्नी दिवसको अवसरमा नाफिजका ५० जना सदस्यहरूको निःशुल्क किड्नी परीक्षण समेत गरिएको छ। अस्पतालका डाक्टरहरूले नाफिजका सदस्यहरूको निःशुल्क रूपमा किड्नीको परीक्षण गरेर किड्नीको अवस्थाका विषयमा जानकारी गराएका थिए। किड्नी बिग्रिए पछि निकै महँगो हुने तर पहिले नै जानकारी पाएको खण्डमा किड्नी बिग्रिनबाट जोगिने भएकाले यसलाई नाफिज सदस्यहरूको किड्नी आज निःशुल्क परीक्षण गरिएको र आगामी दिनमा पनि अस्पतालबाट दिने सेवामा २० प्रतिशतको छुट पाउने ग्यारेन्टी गरिएको नाफिजका महासचिव निकेश खत्रीले जानकारी दिए।



About Us
प्रतिक्रिया