लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ५ जना ट्राफिक प्रहरीको नियन्त्रणमा


काठमाडौं – काठमाडौंको गोंगबु नयाँ बसपार्क बि.जि.महल अगाडि लापसे चेकिङमा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। जसमा यात्रुवाहक बस चालक ४ जना,  मोटरसाइकल ९राइड सेयिरङ० चालक १ जना रहेका छन्। 

नेपाल प्रहरी अस्पतालको प्राविधिक टोली सहितको सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुधौषध नियन्त्रण ब्युरो र ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कको संयुक्त टोलीले चेक गर्दा लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ५ जना चालक फेला परेका थिए। नियन्त्रणमा आएका उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्क पठाइएको छ।