काठमाडौं – काठमाडौंको गोकर्णेश्वर नगरपालिका ५ जम्बुडाँडा पहेँलो पुल खोला छेउबाट प्रहरीले पेस्तोल थान १, म्याग्जिन ३, ७.६२ मम को गोली १३ राउन्ड र ९ मम गोली ८७ राउन्ड बरामद गरेको छ।
हतियार रहेको भन्ने सूचना प्राप्त हुनसाथ प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग काँडाघारीबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलास गर्ने क्रममा पेस्तोल र १०० राउन्ड गोली बरामद गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया