ग्लोबल आईएमई बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – ग्लोबल आईएमई बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विद्यमान संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकतामा राखी संस्थापक शेयर बिक्रीमा राखेको हो।

उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक यस बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालय कमलादी काठमाडौंमा सम्पर्क गरी निवेदन दिनुपर्नेछ।

बैंकले बिक्रीमा राखेकाे संस्थापक शेयरको संख्या भने खुलाएको छैन।