अवैध लागू औषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ 


काठमाडौं – कैलालीको धनगढी उप महानगरपालिका नगरपालिका – १ त्रिबेणी चोकस्थित घरबाट २ केजी ५८ मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित सोही ठाउँ बस्ने ६९ वर्षीय डम्मर बहादुर शाहीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रूपमा  खटिएको प्रहरी टोलीले निजको घर कोठा भित्र खानतलासी गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो। 

कञ्चनपुरको बेलौरीबाट कञ्चनपुरको शुक्लाफाँटा  प्रगति टोल बस्ने २४ वर्षीय  हरिश भट्टलाई ८३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। से ७ प २९३७ नम्बरको मोटरसाइकलमा सवार निजलाई भारतबाट नेपाल तर्फ शङ्कास्पद रूपमा आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी उक्त पदार्थ, मोटरसाइकल सहित निजलाई पक्राउ गरेको हो।

यसैगरी, कञ्चनपुरको बेलौरीबाट कैलाली दुई जना किशोरलाई १ ग्राम ७७० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित सोमबार राती प्रहरीले पक्राउ गरेको हो। भारतबाट नेपाल तर्फ शङ्कास्पद रूपमा आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी उक्त पदार्थसहित उनीहरु दुवै जनालाई पक्राउ गरेको हो।