काठमाडौं – झापा क्षेत्र नं ५ बाट बालेन शाह विजयी भएका छन् । शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै विजयी भएका हुन् । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत अन्तिम मतपरिणाम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा–५ बाट पराजित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शाहसँग ओली ठूलो मतान्तरले पराजित भएका हुन्।
एमालेका अध्यक्ष समेत रहेका ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका हुन्। बालेनले ओलीलाई ४९ हजार ६१४ मतान्तरले हराएका हुन्।
त्यस्तै, निर्वाचन क्षेत्रमा श्रम संस्कृति पार्टीका समिर तामाङ तेस्रो स्थानमा रहे। उनले ९ हजार २३३ मत प्राप्त गरे। नेपाली कांग्रेसकी उम्मेदवार मंधरा चिमरिया चौथो स्थानमा रहँदै १ हजार ८२१ मत प्राप्त गरिन्।
झापा–५ बाट ओली विगतमा पटक–पटक निर्वाचित हुँदै आएका थिए। तर यस पटक पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका बालेन शाहले उनलाई पराजित गर्दै ऐतिहासिक जित हासिल गरेका हुन्।



About Us
प्रतिक्रिया