काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनमा जाजरकोट–१ मा नेपाली काँग्रेसका खडक बहादुर बुढा विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी शक्ति बहादुर बस्नेतलाई २ हजार ७३५ मतले पछाडि पारेर विजयी भएका हुन्।
उनले २० हजार १४२ मत प्राप्त गरेका छन्, भने वस्नेतले १७ हजार ४०७ मत प्राप्त गरेका हुन्। त्यस्तै, उनका अन्य प्रतिस्पर्धी नेकपा एमालेका डम्बर बहादुर सिंहले १६ हजार ८८३, त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका राघब कार्कीले २ हजार ४७१ मत प्राप्त गरेका हुन्।



About Us
प्रतिक्रिया