झापा–५ मा बालेनको जित पक्का, ओलीभन्दा कति मतले अगाडि छन् ?

'करिब ३२ हजार मत गणना गर्न बाँकी'


काठमाडौं – प्रतिनिधि सभा निर्वाचनमा झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेद्वार बालेन्द्र शाह (बालेन)विजयी पक्का भएको छ। उनले हालसम्ममा ४७ हजार ७७९ मत प्राप्त गरिसकेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १२ हजार ६९९ मत ल्याएका छन्। झापा –५ मा जम्मामा १ लाख ६ हजार मत खसेको थियो। अब त्यहाँ करिब ३२ हजार मत गणना गर्न बाँकी छ। 

हालसम्म ७५ हजार ३ सय ७७ मत गणना हुँदा बालेन अध्यक्ष ओलीभन्दा ३५ हजार बढी मतले अगाडि छन्। झापामा १ लाख ६ हजार मत खसेकाे थियाे।