काठमाडौं – गुल्मी– २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोविन्द पन्थी विजयी भएका छन्। उनले प्रतिस्पर्धी नेकपा एमालेका गोकर्ण राज विष्टलाई ५५७ बढी मत प्राप्त गरी विजयी भएका हुन्। उनले १६ हजार ९ सय ६७ भोट प्राप्त गरेका हुन्, भने उनका प्रतिस्पर्धी विष्टले १६ हजार ४ सय ६ मत पाएका हुन्।
यससँगै, उनका अन्य प्रतिस्पर्धी नेपाली काँग्रेसका भुवन प्रसाद श्रेष्ठले १४ हजार ४ सय ३४, त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका श्रीराम महतले ३ हजार ८१ मत प्राप्त गरेका छन्।



About Us
प्रतिक्रिया