मधेश प्रदेशका ३२ वटा क्षेत्र मध्ये ३० वटा क्षेत्रमा रास्वपा अग्रस्थानमा


काठमाडौं – मधेश प्रदेशका प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय अग्रता हासिल गरेको छ। मधेशका ३२ निर्वाचन क्षेत्रमध्ये ३० क्षेत्रमा रास्वपा अग्र स्थानमा देखिएको छ।

सप्तरीका चारै निर्वाचन क्षेत्र, सिरहाका चारै क्षेत्र, महोत्तरीका सबै क्षेत्र, सर्लाहीका चारै क्षेत्र, बराका चारै क्षेत्र तथा पर्साका चारै क्षेत्रमा रास्वपाका उम्मेदवारहरू अग्र स्थानमा रहेका छन्। यसले मधेश प्रदेशमा रास्वपाको बलियो उपस्थितिलाई संकेत गरेको विश्लेषण गरिएको छ।

धनुषा जिल्लामा भने फरक स्थिति देखिएको छ। धनुषा–१ मा नेकपा (एमाले) का उम्मेदवार अग्रस्थानमा छन् भने धनुषा–२, ३ र ४ मा रास्वपाका उम्मेदवारहरूले अग्रता लिएका छन्। 

त्यस्तै रौतहटमा पनि मिश्रित परिणाम देखिएको छ। रौतहट–२ मा नेपाली कांग्रेसका उम्मेदवार अगाडि रहेका छन् भने रौतहट–१, ३ र ४ मा रास्वपाका उम्मेदवारहरू अग्र स्थानमा छन् ।